दफा २८
विकिरणबाट सुरक्षा
(१) नियमनकारी निकायले आयनीकरण गर्ने विकिरणको संसर्गमा आएको कारणले हुन सक्ने हानि नोक्सानीबाट मानव स्वास्थ्य वा जीवजन्तुको सुरक्षा वा वातावरणको संरक्षण गर्न आवश्यक मापदण्ड र उपायहरु तोक्नेछ।
(२) नियमनकारी निकायले यस ऐन अन्तर्गत कुनै पनि अभ्यास, क्रियाकलाप वा संयन्त्र सञ्चालन गर्दा व्यक्तिको लागि विकिरणको मात्रा (रेडिएसन डोज) को अधिकतम सीमा निर्धारण गर्नेछ।
(३) उपदफा (२) बमोजिमको सीमा निर्धारण गर्दा नियमनकारी निकायले एजेन्सी लगायतका मान्यताप्राप्त अन्य अन्तर्राष्ट्रिय संस्थाका मापदण्डको समेत आधार लिन सक्नेछ।
(४) नियमनकारी निकायले नियमन गर्नु नपर्ने स्रोत वा अभ्यासहरुको पहिचान देहाय बमोजिमको आधारमा गर्नेछः -
(क) व्यक्तिको लागि जोखिमको तह नियमन गर्नु पर्नेभन्दा ज्यादै न्यून देखिएको,
(ख) बिकिरणजन्य कूल प्रभाव ज्यादै न्यून भई नियमनकारी नियन्त्रण आवश्यक
नभएको ।